आर्थिक

परिसङ्घको वरिष्ठ उपाध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घको वरिष्ठ उपाध्यक्षमा विष्णुकुमार अग्रवाल मनोनित भएका छन् । परिसङ्घको गभर्निङ काउन्सिल र पदाधिकारी समितिको बैठकले उनलाई वरिष्ठ उपाध्यक्षमा मनोनित गरेको हो ।

यसअघि उनी परिसङ्घको उपाध्यक्ष थिए । उनले परिसङ्घमा डेढ दशकदेखि राष्ट्रिय परिषद् सदस्यका साथै विभिन्न समितिको संयोजक भएर काम गर्दै आएका थिए ।