समाचार

आजीवन जनताको सेवा गरेर नेपालमै बस्छु: सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पुर्व उपप्रधानमन्त्रीसमेत रहेकी सुजाता कोइरालाले कुनै हालतमा देश नछाड्ने दृढता व्यक्त गरेकी छन् । आफूलाई देश छाड्न लागेको विभिन्न आरोप लागेको भन्दै कोइरालाले देश छाड्ने कल्पनासमेत गर्न नसक्ने बताइन ।

कठिन परिस्थितिमा समेत देश नछाडेको भन्दै कोइरालाले भनिन्, ‘देश छाड्ने कल्पनाभन्दा बाहिरको विषय हो । मेरा लागि सबैभन्दा प्रीय नै यो देश हो म । कसरी छाड्न सक्छु ? विरामी हुँदा पनि मर्नुपरे यही देशमा मर्छु भनेर बसेकी छु । मर्नुपरे पनि नेपालमै मरौंला ।’