पु.समाचार

ओलीसहित पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्न डा. भट्टराईको माग

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानविन गर्न माग गरेका छन् आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै भट्टराईले कुनै पनि मन्त्री प्रधानमन्त्रीको वास्तविक कमाइले काठमाडौँमा घर बनाउन नसक्नेसमेत जिकिर गरे ।

भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न गर्दै भने, ‘प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो हेर्दा मेरो गोरखामा रहेको घर त्यो भन्दा राम्रो छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्यौँ ?’