सामाजिक सञ्जाल

गगनको टिप्पणीः नेपाल ट्रष्टको निर्णय गलत भन्ने तर निरन्तरता दिने सरकारको गतिबिधि शंकास्पद (डकुमेन्टसहित)

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापाले नेपाल ट्रष्टको सम्पत्ति सम्बन्धमा पहिलेका निर्णय गलत भए ति खारेज गरी संलग्नलाई कारबाही गर्न माग गरेका छन् । नेता थापाले गलत भन्ने तर त्यसकै निरन्तरता दिने सरकारको शैली शंकास्पद रहेको बताएका छन् । उनले गोकर्णको जग्गा लिजको निर्णय कानूनी भनिरहँदा रकम र सरकारी ठेक्का वन्दोवस्त ऐनको दफा ४ लगायत प्रचलित कानून हेर्नुभएको छ? भन्दै रक्षामन्त्री ईश्वर पोख्रेललाई प्रश्न गरेका छन् ।

आजमात्र काँग्रेस सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजमा दिँने कुनैपनि निर्णय आफ्नो सरकारको पालामा नभएको जिकिर गरेका छन् । यसै समयमा पुर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल ट्रष्टको जग्गाको बिषयमा बोलेका छन् । उनले २०७६ साल माघ ९ गते आफुले राखेको कुराहरुको बिष्तृत रुपसहित उनले बताएक छन् ।

उनले नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका रक्षामन्त्री ईश्वर पोख्रेललाई भनेका छन्ः नेपाल ट्रष्टको सम्पत्ति सम्बन्धमा पहिलेका निर्णय गलत भए ति खारेज गरी संलग्नलाई कारबाही होस्।
गलत भन्ने तर त्यसकै निरन्तरता दिने शैली संशयपूर्ण छ। गोकर्णको जग्गा लिजको निर्णय कानूनी भनिरहँदा रकम र सरकारी ठेक्का वन्दोवस्त ऐनको दफा ४ लगायत प्रचलित कानून हेर्नुभएको छ?