राजनीति

बामदेवले दिए ओली र दाहाललाई यस्तो धम्की !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को आज बसेको सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले आफूलाई पार्टीवाट निकाल्न आग्रह गएका छन् । उपाध्यक्ष गौतमले हरेक पटक आफ्नो विषय आउनासाथ पार्टीमा विवाद हुने गरेको बताए गौतमले भने, ‘सँधै मेरो विरुद्ध खेल किन ? कि मलाई पार्टीबाट निकाल्नुस्, होइन भने खेल बन्द गर्नुस् ।’

गौतमले संबिधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रस्ताव राख्दै आएका छन् । तर संविधान संसोधनको कार्यदलका संयोजक पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदललाई अगाडी नबढाउने बताएका छन् । त्यस लगत्तै वामदेवको प्रधानमन्त्री बन्ने सपना अधुरो भएको छ ।

आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभामा लैजाने योजना सुनाएका थिए त्यसपछि अध्यक्ष पुष्पकमल दाहालले पनि गौतमलाई लैजानको लागि सहमति गर्दै भने, ‘संविधान संसोधनको कार्यदल बनाउने समझदारी बाहिर नलैजाने भन्ने थियो तर गयो ।’ दाहालले यसरी कार्यदल बनाउने समझदारी बाहिरिएर नराम्रो प्रभाव परेको बताए ।

गौतमलाई प्रधानमन्त्रीले राष्ट्रियसभा सदस्य नबनाउने संकेत देखिएपछि गौतमले प्रधानमन्त्री ओलीलाई पार्टीबाट निकाल्नुस् भन्दै धम्की दिएका हुन् । प्रधानमन्त्री ओली भने अर्थमन्त्री युवराज खतिवडालाई नै सदस्य बनाउने योजनामा रहेका थिए । उक्त योजनालाई दाहाल र नेपालले साथ नदिएपछि प्रधानमन्त्री ओली तनाबमा परेका छन् ।