राजनीति

ज्ञानेन्द्र शाही भन्छन्ः तपाईँहरुको सहयोगमा रमेश खरेल र म मिली देश बनाउँछौं !

काठमाडौं । भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीले पुर्व डीआईजीपी रमेश खरेलसँग सहकार्य गरेर खोल्न लागिएको नयाँ पार्टीमा आफू सहभागी हुने बताएका छन् । अभियान्ता शाहीले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै, ‘मैले उठाउदै आएका हरेक बुँदाहरू, बिचार र भ्रष्टाचारको अन्त्य आदि देशको हितमा हामी दुबैको बिचार एउटै भएकाले हामी दुबै जना एकजुट भएका हौंँ ।’ भनेका छन् ।

शाहीको आशय नेपाली जनताको सहयोग भएमा रमेश खरेल र उनीहरुको टिमले देश निर्माण गर्ने र जनतालाई राहत दिनेछ । 

उनको स्टाटस्ः पुर्ब डि.आइजि रमेश खरेल ज्यू र मेरो सहकार्यमा । मैले उठाउदै आएका हरेक बुँदाहरू, बिचार र भ्रष्टाचारको अन्त्य आदि देशको हितमा हामी दुबैको बिचार एउटै भएकाले हामी दुबै जना एकजुट भएका हौंँ । ‘हाम्रो नेपाल हामी नेपाली’ राष्ट्र र राष्ट्रियताको जोगाउन र नयाँ नेपालको निर्माण गर्ने जोश र जागरका साथ अगाडि बढ्न हामी खोज्दै छौंं । अब देश बचाउने, देशको मुहार फेर्ने तपाईँ हाम्रो दायीत्व र कर्तव्य हो ।  80 लाख युवालाईँ स्वदेश फर्काउने, देशमा अन्याय, अत्याचार र भ्रष्टाचारि माफिया बिचौलियाहरूको अन्त्य गर्न तपाइ हाम्रो काधंमा यो जिम्मेवारी आएको छ । यदि सहमत हुनुहुन्छ भने आफ्नो प्रतिकृया दिन तपाइहरूलाईँ आग्रह गर्दछु ।।
जय नेपाल जय मात्तृभृमि????