सामाजिक सञ्जाल

ओलीको नक्कली कम्युनिष्टबादका बिरुद्ध आफ्नै कार्यकर्ताले समेत गर्न थाले बिरोधः डा भट्टराई

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको रबैयाको सबैतिरबाट बिरोध भईरहेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नक्कली कम्युनिष्टको बाहिर जनताले मात्रै नभई नेकपाकै नेता–कार्यकर्ताले समेत बिरोध गरेको बताएका हुन् ।

उनले आफ्नो ट्वीटमा लेखेका छन्ः महेन्द्रले समेत२०२६सालमै छोडिसकेको र मोहीरजोताहाको नाममा दर्ता भएको जग्गा खोसेर राजाको नाउँमा हुनुपर्छ भन्ने ओली मार्का नक्कली कम्युनिष्टको विरोधमा स्थानीय जनता मात्र हैन नेकपाकै नेतारकार्यकर्ता समेत भएको पाउँदा खुशी लाग्यो ।

साथै डा भट्टराईले ओलीको यस्तै रबैयाले ओलीतन्त्र चाँडैनै ढल्ने दाबी समेत गरेका छन् ।

उनको ट्वीटः महेन्द्रले समेत२०२६सालमै छोडिसकेको र मोहीरजोताहाको नाममा दर्ता भएको जग्गा खोसेर राजाको नाउँमा हुनुपर्छ भन्ने ओली मार्का नक्कली कम्युनिष्टको विरोधमा स्थानीय जनता मात्र हैन नेकपाकै नेतारकार्यकर्ता समेत भएको पाउँदा खुशी लाग्यो । यस्तै जागरण भूइँतहमा भैरह्यो भने ओलीतन्त्र छिटै ढल्नेछ !