अन्तर्राष्ट्रिय

नागरिकता विधेयकलाई लिएर भारतमा भड्कीयो हिँसाः मृतको सङख्या १३ पुग्यो

काठमाडौं । नागरिकता विधेयकलाई लिएर भारतमा हिँसा भड्कीएको छ । अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकैबोला भारतमा यस्तो हिँसा भड्कीएको हो ।

विधेयकलाई लिएर दुई पक्षबीच भएको हिँसामा ज्यान गुमाउनेको सङख्या १३ पुगेको छ । उत्तर– पूर्वी दिल्लीमा आईतबारदेखी सुरु भएको हिँसामा परि मंगलबारसम्म १३ को मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

यस्तै उक्त हिँसामा कयौं व्यक्ति गम्भिर घाईते भएकोले मृतकको सङख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ । भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनका अनुसार सोमबार ८१ र मंगलबर ६७ जना प्रर्दशनकारी घाईते भएका छन् ।

घाईतेमध्य केहीको अवस्था गम्भिर रहेको छ । ४० जना भने उपचारपछि घर फर्किएको स्वास्थ्यमन्त्री हर्षवर्धनलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

भारत सरकारले ल्याएको नागरिकतासंशोधन कानुनपछि उत्तर–पूर्वी दिल्लीका बासिन्दा विभाजित भएका छन् ।

उनीहरू त्यसका सवल र दुर्वल पाटोको वकालत गर्दै सडकमा निस्किएका छन् । दुई समूह पक्ष र विपक्षमा उभिएपछि यसले हिंसात्मक स्वरूप ग्रहण गरेको हो । हिन्दू र मस्मिल समूदायबीच झडपका घटना भइरहेका छन् ।