पु.समाचार

आजपनि मुलुकका बिभिन्न स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावनाः मौसमवीद

काठमाडौं । आज (बुधबार) मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान विभागले जनाएको छ।

हाल देशका पूर्वी तथा मध्य भू–भाग नजिक बनेको न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा मौसम बदली रहेको विभागले जनाएको छ।

‘हाल देशका मध्य र पूर्वका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको छ,’ विभागले भनेको छ, ‘देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा तथा मध्य र पश्चिमी भू–भागका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

’ आज राति पनि मौसम त्यही अवस्थामा रहने विभागको अनुमान छ । आज देशका हिमाली तथा उच्च पहाडी भू–भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको विभागले जनाएको छ।

भोलि (बिहीबार) देशभर सामान्यदेखि पूर्ण बदली रहे पनि मौसममा सुधार आउने विभागले जनाएको छ।