स्वास्थ्य

स्टार हस्पिटल र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्टवीच सहकार्य

काठमाडौं । स्टार हस्पिटल लि., सानेपा, ललितपुर र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२, वीच रोटरी दिवसका अवसरमा सहकार्य गर्ने सम्बन्धको सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्टार हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष किशोर कुमार महर्जन तथा प्रवन्ध निर्देशक डा. शैल रुपाखेती र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ तर्फबाट डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठ र डिस्ट्रीक्ट गभर्नर ईलेक्ट राजिव पोखरेलले संयुक्त रुपमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै डिस्ट्रीक्ट गभर्नर किरण लाल श्रेष्ठले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सहज पहुँच पु¥याउने उद्येश्य अनुरुप स्टार हस्पिटल संगको सहकार्य महत्वपूर्ण हुने बताए ।

स्टार हस्पिटलका प्रवन्ध निर्देशक डा. शैल रुपाखेतीले, रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२ का सदस्य तथा सदस्यका परिवारजनहरुलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने तथा विभिन्न सामाजिक कार्यहरुमा दुवै संस्था सहकार्य गरि अघि बढ्ने सम्बन्धका बुँदाहरुमा केन्द्रीत रहि सम्झौता पत्रमा हस्ताक्षर भएको बताए । रोटरी दिवसको अवसरमा, पाटन दरवार स्क्वायर संग्रालय परिसरमा आयोजीत कार्यक्रममा रोटरीद्वारा इतिहासविद, सताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गरीनुका साथै अस्पतालको तर्फबाट वहाँलाई निःशुल्क हेल्थ प्याकेज प्रदान गर्ने जानकारी गराईएको थियो ।

उक्त अवसरमा अस्पतालले जनरल फिजिसियन तथा हाडजोर्नी रोग सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श सेवा उपलब्ध गराएको थियो । स्टार हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्था, क्षेत्र र पेशामा आवद्ध जनसमुदायहरु सर्वशुलभ र उत्कृष्ठ स्वास्थ्य सेवाबाट वञ्चित नहुन भन्ने उद्देश्यका साथ यस किसिमका कार्यहरु गर्दै आईरहेको छ ।