पु.समाचार

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि अर्बौं भ्रष्टाचार गरेको उजुरी, जालान त जेल !

काठमाडौं । पछिल्लो समय भ्रष्टाचारको बिगबिगी चलिरहेको समयमा गोकुल बाँस्कोटाको ७० करोड घुस मागेको प्रकरणले अहिले नेपाली मिडिया छाएको छ । यहि क्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीमाथि पनि एक भ्रष्टाचारको उजुरी परेको छ । क्षत्रीले सेवामा रहँदा पदको दुरुपयोग गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गरी कारबाही गरी पाऊँ भन्दै संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ ।

पूर्वप्रधानसेनापति क्षत्रीमाथि अर्बौंको भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । यसरी उनीमाथि भ्रष्टाचारको आरोप लागेपछि सिंगो सैनिक संगठन नै बद्नाम हुन । पुगेको सेनाका अधिकारीहरु गुनासो गरेका छन् । सेनाका अधिकारीहरूले सुशासन समितिमा क्षत्रीविरुद्ध उजुरी दायर गरेपछि समितिले उनीमाथि लागेको मुद्धा किनारा लगाउने अपेक्षा गरेका छन् ।