समाचार

कांग्रेस नेता श्रेष्ठको नीधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम नेपाल तरुण दल गोकर्णेश्वर नगर समितिका अध्यक्ष ४३ वर्षीय गोपाल श्रेष्ठको निधनमा श्रदाञ्जली व्यक्त गरेका छन् । नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा विज्ञप्ती जारी गर्दै श्रेष्ठको निधन प्रति श्रदान्जली व्यक्त गरेका हुन् । स्वर्गीय श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

कांग्रेसले उहाँको निधनले नेपाली कांग्रेस पार्टीलाई नै ठुलो चोट पुगेको भन्दै कांग्रेसले गहिरो दःख व्यक्त गर्दै आत्माको चिर शान्तिको कामना सहित सम्पुर्ण शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेको छ ।