समाचार

प्रधानमन्त्री/शिक्षामन्त्री विश्वविद्यालयप्रति ज्यादै अपरिपक्क/अव्यवहारिकः डा संग्रौला

काठमाडौं । नेपाली काँग्रेसकी साँसद डा. डिला संग्रौला पन्तले स्टेफन हकिङले भनेका छन्, ‘ज्ञानको सबैभन्दा ठूलो दुश्मन अज्ञानता होइन । ज्ञानको भ्रम हो ।’ भन्दै नेकपा सरकारको आरोचना गरेकी छन् । उनले यो भनाईमा जस्तै बहुत ज्ञानी छु भन्ने नेकपा सरकारले बोकेको छ । कुलपति समेत रहनु भएका प्रधानमन्त्री र द्वन्द्वका बेला बुर्जुवा शिक्षा नपढ्न उर्दी जारी गर्नु हुने शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण ज्यादै अपरिपक्क र अव्यवहारिक छ, भनेकी छन् ।
काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी डा संग्रौला माग गर्छिन्, दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन छन् । विश्वविद्यालयलाई सरकारको कार्यकर्ता भर्तीकेन्द्र बनाउन खोजेको छ । ६ वटा विश्वविद्यालय भदौ ७ गतेदेखि नेतृत्वविहीन छन् । विधिपूर्वक नेतृत्व छान्नुपर्ने विश्वविद्यालयमा पनि कलुसित राजनीतिको छाया छ । भागबण्डाका आधारमा नेतृत्व चयन नहोस् । तत्काल योग्य र सक्षम व्यक्ति नियुक्त गरियोस् ।
उनले साँसदमा बोल्दै लाखौं विद्यार्थीको भविष्यमाथि खेल्ने अधिकार न प्रधानमन्त्रीलाई छ, न मन्त्रीलाई । लाभको लोभले राष्ट्रका भविष्यको उज्यालो भविष्य खोस्ने चेष्ठा नहोस् । सरकारका काम कारबाहीलाई राम्रो–नराम्रो छुट्टयाउने सदन हो । यो विषय तत्काल सम्बोधन गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।