आर्थिक

क्लासिक टेक र प्रभु टिभीवीच सहकार्य

काठमाडौं । विगत दश वर्ष देखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेकले प्रभु टिभीसंग सहकार्य गरि उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा, क्लासिक टेक टिभीको नाममा बजारमा ल्याएको छ ।

यस सहकार्यले लामो समय देखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकहरुलाई ठुलो राहत पुग्ने कम्पनीले जनाएको छ । हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्राय सबै जसो सहरहरुमा उपलब्ध गराइएको छ । अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा बिशेष स्कीम “आयो है आयो” बजारमा आएको छ ।

यस कम्पनीले ३० एमबीपीएस गतिको “आयो है आयो” प्लान मात्र ९०० प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुबिधा निशुल्क प्रदान गर्ने भएको छ । नेपालमा यति कम मूल्यमा इन्टरनेट र टिभीको सुबिधा उपलब्ध गराईएको यो पहिलो पटक हो । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको छ ।