खेलकुद

प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिता हुँदै

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली मूलका ते-क्वान्दो प्रशिक्षक/गुरु कुमार कार्कीद्वारा संचालित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दोले एकडेमीले प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिता गर्ने भएको छ ।

गत फेब्रुअरी २३ आइतबारका दिन बाल्टिमोरमा आयोजित सम्पन्न कार्यक्रममा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिता बारेमा जानकारी गराईएको छ ।

उक्त ते-क्वान्दो प्रशिक्षण केन्द्रले आगामी मे १५-१६ दिन बाल्टिमोरमा भब्य तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त भेटघाट तथा पत्रकार सम्मेलन सहितको कार्यक्रममा करिव ५ सय जति खेलाडीहरुको सहभागिता हुने प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला ते-क्वान्दो प्रतियोगिताका आयोजक ते-क्वान्दो गुरु कुमार कार्कीले बताए ।

नेपाल ,भारत,बंगालादेश ,अमेरिका,क्यानडा ,कोरिया लगायत देशहरुका खेलाडीहरुको सहभागिता हुने बताए । उनले धेरै राष्ट्रहरुलाई पत्राचार गरेको बताए । आउने अतिथिहरुको लागि बासको व्यवस्था गरिएको हुनाले कार्यक्रम दुई दिन को भनेता पनि प्रतियोगिता मे १६ का दिन हुने छ । मे १५ का दिन खेलाडीहरु आउने र दर्ता गर्ने छन् ।

यसका लागि नेपाली मूलका र बिदेशीहरु सहित प्रशिक्षक र निर्णायकको भूमिका निर्वाह गर्ने छन् । उक्त कार्यक्रममा भर्जिनियाको रेस्टन शहर स्थित कोरियन मूलका एचके लि एकडेमीका संस्थापक /संचालक ग्रान्ड मास्टर एचके लि,बाल्टिमोरका समाजसेवी डा श्याम कार्की(चिकित्सक),महा बाणिज्यदूत प्रेम राजा महत ,युएनएका संस्थापक सभापति पासाङ्ग लामा ,एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीका बिधार्थीहरुका शुभ चिन्तक तथा अभिभावकहरुले प्रतियोगिताको बारेमा चर्चा गर्नुको साथै शुभकामना सहित सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

समरण रहोस ,एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको संचालकामा तेक्वान्दो प्रशिक्षक तथा अन्तरराष्ट्रिय निर्णायक कुमार कार्की तथा उनकी जीवन संगिनी कल्पना कार्की रहेका छन् ।

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमीको सहभागिता भएको र आयोजना गरेको प्रतियोगितामा नेपाली मूलका निर्णायक तथा रेफरी( खेल पन्च) हरुमा क्रमस मास्टर एच के लि एकडेमी का मुख्य प्रशिक्षक मास्टर कृष्ण बलाल,एवरेस्ट वर्ल्ड क्लास ते क्वान्दो बाल्टिमोरका संस्थापक द्वय मास्टर कुमार कार्की तथा मास्टर कल्पना कार्की ,मास्टर दिनेश श्रेष्ठ,मास्टर राम चन्द्र केसी ,मास्टर कृष्ण मुरारी,मास्टर पूर्ण आचार्य,प्रशिक्षक टिका ढुंगाना,प्रशिक्षक प्रकाश ढुंगाना ,प्रशिक्षक नकुल शर्मा,प्रशिक्षक डेक दर्जी लगायत नेपाल बाट समेतले सहयोग गर्ने आयोजकले बताएका छन् ।

कार्यकम संचालन बाल्टिमोरमा ३ दशक देखि बस्दै आएका सामाजिक अभियन्ता ,ब्यबसायी तथा बानाका संस्थापक अध्यक्ष मोहन थापाले गरेका थिए ।