राजनीति

गोकुल बाँस्कोटाको ७० करोड घुस प्रकरण: गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनाको माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको विषेश समयमा बोल्दै उनले नि बर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयलाई लिएर प्रधानमन्त्रीको राजिनामाको माग गरेको हो ।

बास्कोटाले कमिसन मागेको अडियो सार्वजनिक हुनुभन्दा डेढ महिनाअघि नै प्रधानमन्त्रीले सुनेको दाबी आइरहेको भन्दै यो विषयमा संसदमा आएर जवाफ दिन प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले प्रधानमन्त्रीले संसदमा आएर सम्पुर्ण नागरीकलाई चित्तबुज्ने गरी जवाफ दिनु पर्ने प्रधानमन्त्रीलाई गोकुल बाँस्कोटाले ७० करोड घुस डिल प्रकरण बारे संसदमा आएर आँखामा आँखा जुधाएर नागरिक र हाम्रो प्रश्नको उत्तर दिन सक्ने हिम्मत छ कि छैन भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्नको लागि ४ मिनटको समय पाएका थापाले नागरिक र हाम्रो प्रश्नको उत्तर दिन सक्ने क्षमता संसदसँग हुनुपर्छ भन्दै जिकिर गरेका छन् । थापाले भने, सम्माननीय प्रधानमन्त्री डाडाकाडा, तालतलैया हेरेर बस्ने होइन, सदनमा आएर उभिएर मलाई निम्सरा होइन सहि प्रश्नको उत्तर दिनुपर्छ ।