पु.समाचार

सांसद साहको प्रश्न: संविधान संशोधनको आवश्यक्ता र औचित्य एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउनु मात्र हो ?

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद प्रमोद साहले एउटा व्यक्तिको पदका लागी संविधान नै संशोधन गर्न लागेको विषय दुःखद रहेको बताएका छन् छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपि शर्मा आलिले पटम पटक आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन हुन्छ भन्ने गरेको र अहिले जुन प्रकारको एउटा व्यक्तिको पदका लागी संविधान संसोधन कार्यदल गठन भएको छ, त्यसप्रति आपति प्रकट गरेका हुन् । उनले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नु कति औचित्य र आवश्यक्ता रहेको प्रधानमन्त्रीका आवश्यक्ता यति मात्र हो र ? भन्दै प्रश्न गरे ।

उनले विभिन्न समुदायले आफ्नो मानसम्मान, स्वाभिमान, पहिचान र अधिकारका लागि माग गर्दा तयार नभएको नेकपाले व्यक्तिका लागि संविधान संशोधन गर्न कार्यदल नै बनाएकोमा कार्यदललाई संविधान संशोधनका लागि शुभकामना समेत दिएका छन् ।