सामाजिक सञ्जाल

प्रवक्ता आचार्य भन्छन्ः एमसीसी सम्झौता जस्ताको–तस्तै पास गर्नु हुँदैन

काठमाडौं । साझा पार्टीका प्रवक्ता डा . सुर्यराज आचार्यले एमसीसी सम्झौतालाई जस्ताको तेस्तै पारित गर्न नहुनेमा जोड दिएका छन् ।

प्रवक्ता आचार्यले एमसीसी सम्झौता तयारीको चरणमा नेपाल सरकारबाट धरै गंभीर कम्जोरी भएको भन्दै जस्ताको तस्तै पारित गर्नु नहुने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत यो सम्झौता सच्चयाउन र प्रस्ट्याउन अमेरिकी सरकार उदार हुनुपर्ने बताएका छन् । विदेशी अनुदान नलिंदा भौतिक विकास बर्बाद हुने तर्क गलत भएको उनले बताए ।

 

उनको ट्वीटः एमसीसी संझौताको तयारी चरणमा नेपाल सरकारको गंभीर कमजोरी । संझौतामा धेरै आपत्तिजनक बुँदा छन्। जस्ताको तस्तै लागु हुनुहुन्न । यो संझौता सच्याउन र प्रष्ट्याउन अमेरिकी सरकार उदार हुनुपर्दछ । अनुदान नलिंदा भौतिक विकास बर्बाद हुने तर्क गलत । नेपाली कांग्रेसले पनि अडान फेर्ने बेला भयो कि ?