मनोरञ्जन

इंगेजमेन्ट गरिन सुन्दरी नायीका आँचलले प्रेमी उदिप श्रेष्ठसंग

काठमाडौं । पछिल्लो समय नायीकाहरुको बिबाह गर्ने लहर चलेको छ । केहि समय अघि नायीका रिचा सर्माले लगनगाँठो कसेकी थिईन भने नायीका प्रियंका कार्कीले पनि फागुन १५ गते बिबाह गर्ने बताएकी छिन् ।

प्रियंकाले आयुष्मान जोशीसंग लगनगाँठो कस्दै छिन् उनिहरुको केही समय अघि इंगेजमेन्ट भईसकेको छ । यस्तै सुन्दर अभिनेत्री आँचल शर्माले यहि २९ फागुनमा आफ्नो बिबाह हुने बताएकी छिन् ।

आफ्नो प्रेमी चिकित्सक उदित श्रेष्ठसंग उनले सोमबार चुच्चेपाटीको ईम्पेरियल बैंक्वेटमा परिवारको उपस्थितमा टीकाटालो (इंगेजमेन्ट) गरिन् । करिब डेढ वर्षलामो प्रेम सम्बन्धपछि आँचाल र उदीप दाम्पत्य जीवनमा बाँधिन लागेका हुन् ।

अभिनेत्री आँचलले ‘नाइ नभन्नू ल ४’बाट नायिकाको रूपमा फिल्मी यात्रा सुरु गरेकी हुन् । अभिनेता पल शाहसँग उनको प्रेमसम्बन्ध रहेको बताइए पनि अन्तत आँचल डेढ वर्षअघि उदीपसँग नजिक भएकी हुन् ।

यी अभिनेत्रीले हालै नयाँ चलचित्र झिँगेदाउको छायांकन सम्पन्न गरेकी छन् । विवाहपछि पनि चलचित्रमा सक्रिय रहने यी अभिनेत्रीको भनाइ छ ।