समाचार

डा भट्टराईको ठोकुवा: जसरी पंचायत, राजतन्त्र गयो त्यसरी नै ओलीतन्त्र पनि जान्छ

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बबुराम भट्टराईले ओली सरकार पंचायती निरंकुशको बाटोमा हिँडेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार भएको बताए । निरंकुश पंचायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने प्रमाण भएको बताएका छन् ।

साथै उनले जसरी पंचायत, राजतन्त्र गयो, त्यसरी नै ओलीतन्त्र पनि एकदिन जाने दाबी गरेका छन् । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउने ४ विद्यार्थीहरुलाई प्रहरीले पोखराबाट पक्राउ गरेको थियो ।

समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, रेशक सापकोटा लगायतका ४ विद्यार्थी नेतालाई पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

उनको ट्वीटः शान्तिपूर्ण ढंगले विरोध गर्न पाउनु संविधानप्रदत्त लोकतान्त्रिक अधिकार हो ! निरंकुश पंचायती कालमा झैं कालोझण्डा देखाउँदैमा पक्राउ गर्नु भनेको ओली सरकार पन्चायती निरंकुश मार्गमा उद्यत छ भन्ने जिउँदो प्रमाण हो जसरी पंचायत गयो,राजतन्त्र गयो,ओलीतन्त्र पनि जान्छ !