राजनीति

नेता रावल प्रधानमन्त्रीबिरुद्ध आक्रोशित: भन्छन्, ‘देशलाई हामी आमा भन्छौं, केक बनाएर काटेर खान मिल्दैन’

काठमाडौं । नेकपा नेता भिम रावलले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष कृपी शर्मा ओलीले दुई करोड भन्दा बढी खर्च गरेर जन्मदिन मनाएको पार्टी निर्णय बिपरीत भएको बताएका छन् ।

नेता रावलले एक स्टाटस् लेख्दै केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन भन्दै आफ्नै पार्टी अध्यक्ष बिरुद्ध खनिएका छन् । नेता रावलले अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैनः पार्टी निर्णयले झनै मिल्दैन भन्दै प्रधानमन्त्री यस बिषयमा गलत भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीलाई शुभकामना दिँदै प्रधानमन्त्री गरेका गलत कार्यको तीब्र बिरोध गरेका छन् ।

नेता रावलको स्टाटस्ः

प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !
यो मनन गर्नु भने उचित हुन्छ, केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैनः पार्टी निर्णयले झनै मिल्दैन ।