राजनीति

काण्डै काण्डको सरकार मात्र नभएर, भ्रष्टाचारै भ्रष्टाचारको ओली सरकार: सभापति देउवा

रुपन्देही । नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिदमा गोकुल बाँस्कोटा एक्लै संलग्न नरहेको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिदमा बाँस्कोटा भन्दा उच्च तहको व्यक्ति संलग्नता रहेको र छानविन गर्नको लागि माग गरेका छन् ।

कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको श्रद्धान्जली सभामा देउवाले बाँस्कोटाले एक्लै एक अर्बको डिल गर्न नसक्ने र यो सामान्य विषय नभएको बताए । सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ् प्रेस खरिद प्रकरणलाई कांग्रेसले त्यत्तिकै नछाड्ने र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।