पु.समाचार

जनताको तागतको अगाडि कुनै पनि षड्यन्त्रको जित हुँदैन: महरा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा हिरासतवाट छुटेपछि पहिलोपटक निर्वाचन क्षेत्र पुगेका छन् । एक सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पदवाट राजीनामा दिइ उनी ३ महिना अगाडीदेखि पुर्पक्षका लागि हिरासतमा थिए ।

महरालाई अदालतले सफाइ दिएपछि पहिलोपटक आज निर्वाचन क्षेत्र पुगेका हुन् । निर्वाचन क्षेत्रमा पुगेका महराले जनताहरुसँग आफूलाई ठुलो षडयन्त्रपुर्वक जेल पठाएको दु:ख पोखेका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसद महराले आफूमाथि ठुलो षडयन्त्र भएको र त्यस षडयन्त्रलाई जितेर आएको बताए । सांसद महराले आफू तीन महिना जति म भुमरीमा परेको र त्यो भूमरीलाई जितेँर आएको बताए । ‘जनताको तागतको अगाडि कुनै पनि षड्यन्त्रको जित हुँदैन ।’ महराले भने,