राजनीति

प्रतिबद्ध, लगनशिल, इमानदारिता र जवाफदेही भएर काम गर्न मन्त्री नेम्बाङको निर्देशन

काठमाडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आज सहरी विकास मन्त्रालयको पदभार ग्रहण गरेका छन् । नेम्बाङले सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् ।

उनँले पदभार ग्रहणको अवसरमा मातहतका निकायलाई प्रतिबद्ध, लगनशिल, इमानदारिता र जवाफदेही भएर काम गर्न निर्देशन दिए ।

उनले हामीले नगरे कस्ले कर्छ भन्ने भावना राखेर काम गर्न आग्रह गरे । उनले भने, ‘हामीले यति भावना राखेर काम गर्याँै भने नेपाली जनताले राखेको विकास र समृद्धिको चाहाना पुरा हुन्छ ।’ उनले नीति कार्यान्वयन गर्न आफु नेतृत्व ड्राइभर मात्र नभएर साथी र सहजकर्ताको रुपमा रहने समेत उल्लेख गरे ।

मन्त्री नेम्बाङले पदभारसंगै बागमती एकिकृत सभ्यातासंग जोडिएका विषलाई विधेयक निर्माणका लागि अर्थमन्त्रालयसंग सैद्धान्तिक सहमती लिने फाइलमा हस्ताक्षर गरेर कामको सुरुवात गरे ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले छोटो समयमै आफ्नो व्यवस्था परिवर्तन गरि आलोचना खेपी रहेका मन्त्रालयलाई आलोचनामुक्त गराएर अगाडी बड्नु भएको र त्यो सीप लगन सहरी विकास मन्त्रालयमा पनि प्रतिविम्बित हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुनमा मन्त्री नेम्वाङलाई थप जिम्मेवारी तोकेकी थिइन् ।