मनोरञ्जन

राष्ट्रिय भाव बोकेको ‘राम्रो देख्ने आँखा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । कलाकार रामु खत्री र गायिका सिता केसीको आवाजमा सजिएको राष्ट्रिय भाव बोकेको ‘राम्रो देख्ने आँखा’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

सुवास जिसीको शव्द सृजना र गायक रामु खत्रीको संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो कृष्ण केसीले निर्देशन गरेको छ ।

नेपालको सुन्दरता र खासगरि पछिल्लो समयमा सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा आउने विरोधलाई गीतको माध्यमबाट चिर्न खोजिएको कलाकार खत्रीले बताए ।

गीतमा विकास निर्माणमा अवरोध तथा नकारात्मक टीकाटिप्पणी गर्ने बानीले देश विकासमा समस्या भएकाले नेपालको समृद्ध विकासका लागि सवैभन्दा पहिले राम्रो देख्ने आँखा चाहिन्छ भन्ने भाव व्यक्त भएका छन ।

देशको यथार्थ परिवेश र अवस्थालाई सरल भाषा शव्द तयार भएको उक्त गीतलाई एक पटक हेरेर, सुनेर कस्तो लाग्छ सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि खत्रीले दर्शक, स्रोतालाई अनुरोध गरेको छ । खत्रीका अन्य गीतहरु पनि बजारमा आइसकेका छन ।
हेर्नुहोस भिडियो
[youtube https://www.youtube.com/watch?v=P03wzrONDnQ]