समाचार

नाराबाजी सहित प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने समाजवादी विद्यार्थी युनियनका ४ जना पक्राउ

पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डासहित नाराबाजि गर्ने ४ जना विद्यार्थी पक्राउ परेका छन् । नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा आएको अवस्थमा समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गरीरहेको बेला प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ओाि सरकार भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचारीलाई कानुनि कारर्बाही नगरेको भन्दै नाराबाजि गरीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका थिए । विद्यार्थीले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरण, यति होल्डिङ्सलाई बालुवाटारको सर्वाजनिक जग्गा उपलब्ध गराएको षिलाई लिएर चर्को नारा लगाएका थिए ।