आर्थिक

सुनको मुल्यमा उच्च रेकर्ड कायमैः एकैदिन १५ सयले बढ्यो, छापावाला सुन ८० हजार वढी

काठमाडौं । सुनको मुल्यले पछिल्लो समय किर्तिमानी कायम गरेको छ । पछिल्लो समय बढ्दै गएको सुनको मुल्य आज एकै दिनमा १५ सयले बढेपछी किर्तिमानी कायम गरेको हो ।

हिजो आईतबार ७८ हजार आठ सय प्रतितोला कारोबार भएको छापावाला सुन (सोमबार) आज भने १५ सय बढेको हो । आज नेपाल सुनचाँदी व्यपसायी महासंघका अनुसार छापावाला सुन ८० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै तेजाबी सुनको भाउ पनि १५ सय रुपैयाँ प्रतितोलाले बढ्दै ८० हजार रुपैयाँ कामय भएको छ । आईतबार भने प्रतितोला ७८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज सुनसंगै चाँदीको मुल्य पनि बढिरहेको छ ।

आईतबार ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज (सोमबार) ५ रुपैयाँले बढेर ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।