समाचार

संविधान संशोधनका बारेमा छलफल गर्न नेकपाका दुई अध्यक्षबीच भेटवार्ता

काठमाडौं । संविधान संशोधनका बारेमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको छ ।

जन्मदिन मनाई ताप्लेजुङ पुगेर फर्किएको भोलीपल्ट ओलीले आज दाहाललाई बालुवाटार बोलाएर छलफल गरेका हुन् । अध्यक्ष दुईबीच संविधान संशोधन लगायतको बारेमा छलफल भएको बालुवाटार श्रोतले बताएको छ ।

नेकपाले संविधान संशोधनबारे गृहकार्य गर्न नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएपछि चौतर्फि आलोचना भईरहेको छ ।

यस्तै सरकारका प्रवक्ता तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरीटि प्रेस खरिद प्रकरणमा गरेको बार्गेनिङ अडियो रेकर्ड बाहिरिएदेखी आलोचीत बन्दै गएको सरकार एक पछि अर्काे कार्यले पुनः थप आलोचीत बनिरहेको छ ।

हिजोमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्साअंकित केक बनाएपछि सामाजिक सञ्जालदेखी हरेक स्थानका ओली लगाएत सरकारको बिरोध, आलोचना भईरहेको छ ।

साथै आज विहान दुई अध्यक्षबीच यस्तै विविध विषयमा छलफल भएको बताईएको छ ।