अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपती ट्रम्प दुईदिने भ्रमणमा भारत आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपती डोनल्ड ट्रम्प दुईदिने भ्रमणका लागि आज भारत आउँदै छन् ।

पत्नी मेलिनियाका संगै आउन लागेका ट्रम्प बिहान ११ः४० मा नयाँदिल्ली पुग्नेछन् । राष्ट्रपती ट्रम्प भारतको अहमदावादको सबैभन्दा ठुलो क्रिकेट रङ्गशला मोटेरा स्टेडीयममा हुने नमस्ते कार्यक्रममा सरिक हुन भारत आउन लागेका हुन् ।

यद्यपि व्यापार युद्धको बारेमा भने कुनै बार्तालाप नहुने भएको छ । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पलाई आफ्नो मुलुकमा स्वागत गर्न आतर भएको बताएका छन् । ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जानेछन् ।

उता भारतको प्रमुख प्रतिपक्षी कांग्रेसले भने मोदी भ्रमणको पुर्वसन्ध्यामा सरकारसंग दर्जनौ प्रश्न उठाएको थियो ।

कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले अमेरिका र तालिबानबीच शान्ति सम्झौता हुन लागेको प्रसंग झिक्दै पत्रकारहरुसँग भनेका छन्, ‘भारतले यो कुरा भुल्न हुँदैन कि भारतको विमानलाई तालिवानले नै अपहरण गरेर कान्धाहारमा ओरालेको थियो, जसका कारण भारतले मसुद अजहरलाई रिहा गर्नु परेको थियो ।

’अहमदाबादमा हुन लागेको ‘नमस्ते ट्रम्प’ कार्यक्रममा पनि उनले प्रश्न उठाए ।