स्वास्थ्य

बिहान सबैरै उठ्दा हुन्छ यस्तो फाईदा !

काठमाडौं । शरीरलाई आवस्कता भन्दा बढी वा कम समय सुत्दा शरिरमा बिभिन्न खालको रोगहरु लाग्ने चिकित्सकहरुले बताउँछन् । समयमै सत्नु र बिहान पनि समयमै सबेरै उठदा फाईदा हुन्छ भन्ने हामिले सुनेका हुन्छौं । चिकित्सकमात्रै होईन गाउँघरमा पनि बिहान सबेरै उठ्नु पर्छ भन्ने विविध मान्यता वा भावना जोडीएको छ  ।

बिहान सबैरै उठ्दा हरिरका आधा रोगहरु त त्यसै निको हुन्छ पनि भनिन्छ । घाम झुल्किनु अघि उठ्दा सकारात्मक सोचाईको समेत विकाश हुन्छ हन्ने पनि गरिन्छ । कतिपय त सुत्ने र उठ्नेको समय तालिका नमिल्दा नै भयानक रोगको शिकार हामीहरु बनिरहेका हुन्छौं ।

यसरी सत्ने र उठ्ने समयको गडवडीले ब्यक्तिहरुमा दिनचर्या खराब हुने आलस्यता बढ्ने मात्रै नभई विविध खालका रोगको शिकार भईन्छ । साथै बिहान लामो समय सम्म सुत्ने मानिसहरुमा मोटोपना, आलस्यता, मुटुरोग, मानसिक रोगजस्ता विविध समस्या निम्तन सक्दछन् ।

दिनभर विभिन्न भागदौड, काममा ब्यस्त हुँदा शरिर निकै थाक्ने हुँदा समयमै सुत्ने र उठ्ने गर्नाले यस्ता समस्याबाट बच्न सकिन्छ । एक वैज्ञानिक अध्ययनको अनुसार जो मानिस बिहान छिट्टै उठ्छन् उनिहहरु डिप्रेशनको शिकार हुनबाट केहि प्रतिशत बच्न सक्दछन् ।

शोधको नेतृत्व गरेका कोलोराडो बोल्डर युनिभर्सिटीका डाइरेक्टर सेलिन वेटरका अनुसार विहान छिटै उठ्नाले कैयौ स्वास्थ्य लाभ हुन सक्छ । छिट्टै उठ्न थालेको केही दिनमै यसको असर देख्न सकिन्छ ।

राती अबेरसम्म नसुत्ने मानिसमा धुमपान गर्ने वा अनियमित निन्द्राको परम्परा विकसित हुन थाल्छ । निन्द्राको कमी, एक्सरसाइजको अभाव, सँधै घरभित्र रहने र धेरै समय अध्याँरोमा बिताउनाले डिप्रेशन सहित अन्य विभिन्न रोगहरुको जोखिम बढाउँछ ।

बिहान समयमै उठ्दा यस्ता फाईदा हेर्नुहोसः

१) बिहान सबेरै उठेमा ताजा र शुद्ध हावा मिल्छ जसले तपाईंको फोक्सो स्वस्थ हुन्छ ।
२) बिहान चाडैं उठेर कसरत गर्दा मुटुरोगको सम्भावना धेरै कम हुन्छ । शरीरमा रक्त सञ्चार पनि सहि रहन्छ । ब्लडप्रेसरको समस्या निम्तिदैन ।

३) बिहान छिटै उठ्नाले डिप्रेशनको समस्या हुँदैन । योगा र प्राणायाम गर्नाले मानसिक रोगहरु टाढा हुन्छन् ।

४) बिहान उठ्नु केवल स्वास्थ्यको लागि राम्रो हुँदैन बरु यसले सामाजिक भावना पनि जोडिराख्छ । बिहानै उठेर हिँडडुल गर्नाले नयाँ नयाँ मानिसहरुसँग भेट हुन्छ र नयाँ विचारहरुको आदानप्रदान हुन्छ ।