सामाजिक सञ्जाल

वामदेवलाई प्रधानमन्त्री बनाउन संविधान नै संशोधन गर्न लागेको प्रति कांग्रेसको आक्रोस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केही ब्यक्तिको अनुहार हेरेर सरकारले संविधान संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटमार्फत गम्भीर राष्ट्रिय विचार विर्मशबिना संविधान संशोन गर्न लागेकोमा असन्तुष्ट व्यक्त गरे ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने उद्येश्यले संविधान संशोधन कार्यदल गठन गरेपछि कांग्रेस आक्रोसित बनेको हो ।

नेकपाको शनिवार बसेको सचिवालय बैठकमा सचिवालय सदस्य तथा वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको हो ।

कांग्रेसले मधेस, जनजाति, दलित, थारु अनि अन्यले संविधान संशोधनको माग गर्दा नमान्ने ओली सरकारले आज केही ब्यक्तिको अनुहार हेरेर संविधान संशोधानको तयारी गरेको प्रति आक्रोश ब्यक्त गरेको छ ।

उनको ट्वीटः मधेसले माग्यो संविधान संशोधन,भनियो (हुन्न जनजातिले मागे हुन्न भनियो दलित,थारु अनि अरुले मागे तिनलाईपनि हुन्न भनियो तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर रास्ट्रीय विमर्श बिना यो के तमासाको तयारी कमरेडहरु ? @cmprachanda @PM_Nepal