खेलकुद

दक्षिण अफ्रिकाले हरायो अष्ट्रेलीयालाई !

एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिकाले दोस्रो टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ । पोर्ट एलिजावेथमा आइतबार राति दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १२ रनले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो । उसका लागि डेभिड वार्नरले अविजित ६७ रनको अर्धशतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै स्टिभ स्मिथले २९ रन जोड्दा कप्तान आरोन फिन्च र एलेक्स केरीले समान १४र१४ रन बनाए । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि कप्तान क्विनटन डी ककले ७० रनको अर्धशतकीय इनिङ्स खेले ।

भान डेर डुसेनले ३७ रन बनाए । अष्ट्रेलियाका केन रिचार्डसनले २ विकेट लिए । जितसँगै दक्षिण अफ्रिकाले ३ खेलको सिरिजमा १(१ को बराबरी बनाएको छ । पहिलो खेलमा अष्ट्रेलिया १ सय ७ रनले विजयी भएको थियो ।