राजनीति

काण्डैकाण्डको सरकारका प्रधानमन्त्रीका एकैदिन ५ काण्ड, मध्यरातमा बिश्वभरका नेपालीले मागे राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध आजै सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड अडियो काण्डमा भ्रष्टाचारीलाई ढाकछोप गरेको बिरुद्ध अख्तियार दुरुपयोग अनुसँधान आयोगमा उजुरी परेकै दिन जन्मदिनको अवशरमा हेलिकप्टर चार्टर गर्दा बिरोध भयो ।

हेलिकप्टर चार्टरका बिरोधसँगै उनले नेपालको नक्सालाई केक बनाएर काटेर खाएको बिषयमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा विश्वभर बस्ने नेपाली ब्यापक बिरोध जनाएका छन् । मध्यराजमा पनि काँग्रेस नेता चन्द्र भण्डारी, मृदुला कोईराला, अभिनेत्री रेखा थापा, मुमाराम खनाल, प्रकाशचन्द्र परियार, अंशु कार्की, शुसान्त आचार्य, जागृत रायमाझी, निमेश आचार्य, रिजन गौतम, सुरेश भट्टराई, लोकराज अधिकारी, राजन पौडेल लगायतले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मँ ओलीले नेपालको नक्सालाई केक बनाएर काटेर खाएकोमा तीब्र आलोचना गरेका छन् । मध्यरातमा पनि सर्बसाधारणहरुको आलोचना सिद्धिएको छैन ।

चारैतिर राजनीतिक घेराबन्दीमा परेका केपी शर्मा ओलीको पद अब चैं रहन्छ भन्नेमा शंका नै देखिँदैन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले लगाएको काँण्डै काण्डको सरकारको पगरी अब त दिनहुँ हुन थालेको छ, यस्तो भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने हुन् कि भन्ने अनुमान देखिएको छ। ७० करोड भ्रष्टाचार काण्ड, अख्तियारमा प्रधानमन्त्री बिरुद्ध मुद्धा काण्ड, हेलिकप्टर चार्टर काण्ड र जन्मदिनमा नेपालको नक्सालाई केक काटेर खाएको काण्ड एकैदिन चार काण्डमा मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ ।

यसका अलवा बामदेब गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सभाको सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्नेगरी संबिधान संसोधन गर्न नेकपा बरिष्ठ नेता माधब कुमार नेपालको संयोजकत्वमा समिति बनाएको काण्डको पनि तीब्र बिरोध भईरहेको छ। काण्डै काण्डको सरकारले एकैदिन पाँचवटा काण्ड कसरी धान्न सक्ला त्यो भने हेर्न बाँकी छ ।

नेपालको नक्सालाई केक काटेर खाएकोमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी यसो भन्छन्ः

दुःखका साथ यो लेख्दैछु ।
जुन देशका जनताले भोकमा भुटेका मकै र ज्वरोमा सिटामोल पाएका छैनन । छोरा छोरी विदेशका विभिन्न ठाँउमाआफ्नो शरीर, रगत र पसिना रेमिटान्स संग साटी राखेका छन । पशुपतिमा लाशको विदेशी बाकस नआएको दिन छैन । त्यस देशका प्रधानमन्त्रीलाई हेलिकप्टर चार्टर्ड गरि देशको नक्सा भएको केक काट्ने कसले सुझाव दियो… लाज लाग्दैन…

तरुण दलका अध्यक्ष जितजंग बस्नेत् भन्छन्

देशमा जो धेरै चर्चा छ … बर्थडे केक काण्ड … धन्य छन् हाम्रा प्रधानमन्त्रीज्यू… नेपाल आमाको नक्सा आकारको केक काट्दा हात कॉंपेन ???

 

 

बरिष्ठ अभिनेत्री रेखा थापा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्सालाई केक बनाएर खाएकोमा यसरी गर्छिन् बिरोध
नियतवस नहोला तर लक्षण गतिलो छैन । छातीमा देशको जिम्मेवारीको बिल्ला र हातले देशको नक्सा काटेको देख्दा अचम्म लाग्यो । देशको प्रधानमन्त्रिको अनुहारमा पनि सन्देश हुन्छ, तर यो केक काटाइको सन्देश बुझिएन ।

प्रधानमन्त्रीकी पुर्व सल्लाहाकार मृदुला कोईराला प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नक्साको केक बनाएर काटेर खाएकोमा यसरी बिरोध गर्छिन्ः

प्रधानमन्त्री ज्यूलाई जन्मदिनको शुभकामना…..
चाकडीबाजले नेपालको नक्साको द्यष्चतजमबथ ऋबपभ बनाएर ल्याएछन् । तर प्रधानमन्त्रीज्यूले ‘देशको नक्सा म काट्न सक्दिन’ भन्न सक्नु भएन छ, दुख लाग्यो

मुमाराम खनाल यसो भन्छन्ः
नेपालको नक्सालाई जन्मदिनको केक बनाउने हात कामेनन्। देशको नक्सालाई केक बनाएर काट्ने हात पनि कामेनन्। न त कामे नेताका हातहरु न कार्यकर्ताका।

यस्तो देखेर लाज मान्ने र मुटु कमाउने त हामी निरीह नागरिक मात्र हौं।

रिजन गौतम यसो भन्छन्
‘बिनासकाले बिपरित बुद्धि’
थुइक्क!
देशको प्रधानमन्त्री भएर नेपाकलाई केक बनाएर खाने !?
होइन कल्ले दिन्छ यस्तो ज्ञान ?

सुसान्त आचार्य यसो भन्छन्

 

हरे दैव!
सम्माननीय प्रधानमन्त्री ज्यूको सल्लाहकार वा व्यवस्थापक र स्वयं प्रधानमन्त्रीको यो हर्कतले ‘विनाशकाले विपरीत बुद्धि’ भन्ने उक्तिको स्मरण गराउछ ।
नक्सा रुपी केक त काटेर भोजन गर्नुभो विन्ती छ जनताको भावना र राष्ट्रियता काटेर नखाइदिनुस् ।
राजारजौटाका जन्मोत्सव नदेखेका आठराईका जनताले आज भरिपूर्ण रुपमा देखे होलान् ।
तपाईंको सहयात्री कम्युनिस्ट आन्दोलनका शहिद र तिनका परिवारलाई सोच्नुभएन, दुःखलागेको छ ।
अहिलेलाई ‘यति’,अरबौ र करोडौं करोडको शुभकामना ।
जन्मदिनको शुभकामना सम्माननीय प्रधानमन्त्री ज्यू ।

जागृत रायमाझी यसो भन्छन्ः

प्रिय पिएम !
एक हजार बर्ष बाँच
हृदयदेखीकै शुभेच्छा !
तर
यतिसम्मको घिनलाग्दो
साँस्कृतिक मजाक नगर न हौ नगर !

साझा पार्टीक नेता प्रकाशचन्द्र परियार यसो भन्छन्ः

सुझवुझ विना राजनेता हुन सकिन्न !
सम्माननीय ओलीले मेरो जन्मदिनमा नेपालकै नक्सा वनाएर केक ल्याउनु नभन्न सक्छन ।
तर जव नेपालको नक्सा सहितको केक अघि आयो उनले कसरी चक्कु उठाउन सके ?
हो सुझवुझ यसै कारण चाहिने हो, भन्नु पर्थ्यो नेपाल मातालाई काटेर म कसरी आफ्नो जन्मदिन मनाउन सक्छु ?