पर्यटन/संस्कृति

भ्रमण बर्षको प्रचार प्रसारलाई तीव्र तुल्याउन पोखरामा प्रदर्शनी

पोखरा । नेपाल सरकारले नेपाल भ्रमण बर्ष २०२०मा कम्तिमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सफल बनाउन पोखरामा युवाहरुले भिजिट नेपाल प्रदर्शनी गरेका छन् ।

नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसारलाई तीव्र तुल्याउन नेपाली चिनारी झल्काउने चित्र कला प्रदर्शनी गरिएको कार्यक्रम संयोजक रामकृष्ण भणडारीले बताए । पोखरा सार्बजनिक पुस्तकालयमा फागुन ९ र १० गते बिहान १० बजे देखी ४ बजे सम्म चलेको उक्त कार्यक्रममा नेपाली चिनारी झल्काउने चित्रहरु संगै अन्य कलाहरुको पनि प्रदर्शन गरिएको थियो ।

यस कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थीहरुले कार्यक्रम स्थल अबलोकन गरी भिडियो मार्फत नेपाली संस्कृति बारेमा अझ बढी बुझ्ने अवसर पाएको बताए । यस कार्यक्रममा अमरसिंह मा.वि का विद्यार्थीहरुले बनाएका कलाहरु समेत प्रदर्शनीमा राखिएको थियो ।