बाग्मती

२० लाख रकमसहित थापा पक्राउ

ललितपुर । जावलाखेलमा सुरुची यादबले संचालन गरेको पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद तिस लाख र जिन्सी धनमालसहित चोरी भएको छ । उक्त घटनाको अनुसन्धानको क्रममा सोही स्टोरमा काम गर्ने खगेन्द्र कुमार थापामाथि शंका लागेपछि डेरा कोठा खानतलासी गर्दा कोठाको जस्ता माथि बोरा भित्र कालो झोलामा लुकाई छिपाई राखेको अवस्थामा नगद बिस लाख, पचास हजार फेला परेको छ ।

उक्त घटना स्थलमा प्रयोग गरेको छाता, मोबाईल, ज्याकेटसमेत फेला पारी सोही धनमाल सहित खगेन्द्र कुमार थापालाई पक्राउ गरी अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिए ।