मनोरञ्जन

‘दहवसेको फेदैमा नम्जा गाउँ’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायक कृष्ण थापा मगर , लोकप्रेमी परियार र गायिका गीता देवी सुनारको नयाँ सालैजो गीत‘दहवसेको फेदैमा नम्जा गाउँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘दहवसेको फेदैमा नम्जा गाउँ’ बोलको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द लय सिर्जनामा यामजी सुनारकोे रहेको छ । मौलिक लोक भाकामा तयार पारिएको गीतमा नेपाली ग्रामिण परिवेशको चित्रण गरिएको छ ।

‘दहवसेको फेदैमा नम्जा गाउँ’ गीतको भिडियोमा दिनेश मुस्कान र करिष्मा ढकालको अभिनय तथा नृत्य रहेको छ । दिनेश मुस्कानको निर्देशनमा बनेको भिडियोमा गोविन्द विवसको कोरियोग्राफी, विरेन्द्र परियारको छायाँकन, दिनेश मुस्कान को सम्पादन रहेको छ । 

[youtube https://www.youtube.com/watch?v=cng8XJKaRd8&w=863&h=480]