आर्थिक

सुनको मुल्यले राख्यो नया रेर्कड, कति पुग्यो त तोलाको ?

काठमाडौं । आज साताको पहिलो दिन बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च मूल्यमा कारेबार भइरहेको छ । शुक्रबार प्रति तोला ७८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज तोलामा सात सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च अर्थात् तोलाको ७८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

साथै, तेजावी सुनको मूल्य पनि बढेसँगै प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने, चाँदी चाँही प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।

फागुन ६ गतेदेखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ । महासंघका अनुसार यो हप्ता सुनको मूल्य तोलाको ८० हजारसम्म पुग्ने अनुमान गरिएको छ ।