प्रदेश 1

नोबेल अस्पतालले गर्यो एम्बुलेन्स हस्तान्तरण, महासचिव शाहीले गरे समन्वय

बिराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोटलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । जिल्लाका बिरामीको सहज उपचारमा सहयोग पु¥याउने ध्येयले कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स प्रदान गरेको जनाएको छ ।
नेपाली काँग्रेसको भातृसंस्था तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाहीले यसका लागि समन्वय गरेको जनाइएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा कलेजका सञ्चालक डा सुनिल शर्माले स्ट्रेचरमा बिरामी बोक्नुपर्ने बाध्यतालाई अन्त्य गर्न सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने बताए ।

हस्तान्तरण कार्यक्रममा महासचिव शाहीले बिरामीलाई उपचार गर्न एम्बुलेन्सले थप सहज हुने र यहाँको स्वास्थ्यस्थितिलाई माथि उठाउन सबै लाग्नुपर्छ भने ।