राजनीति

काँग्रेसलाई आगामी निर्बाचनमा बहुमत ल्याउने हैशियतमा पुर्याएरमात्र बिश्राम लिन्छुः डा कोईराला

बाँके । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई पुरानै अवस्थामा पुर्याएर आगामी निर्वाचनमा बहुमत ल्याउॅन सक्ने बनाउॅने लक्ष्य बोकेर हिँडेकाले उक्त लक्ष्य प्राप्त नभएसम्म आफुले बिश्राम नलिने बताएका छन्। पार्टीलाई सबल, सक्षम र कार्यकर्तामैत्री बनाउॅन आफु जस्तोसुकै कठीन काम गर्न पनि तयार रहेको बताए।

सबै बिकृती हटाएर पार्टीलाई संस्थागत तरिकाले हिडाउॅने अभियानमा आफु लागेको बताउॅदै डा कोइरालाले भने, गुट र भागबण्डाको राजनीतिले गर्दा पुस्तौनी आफ्नो सम्पुर्ण जीवन पार्टीका लागी लगानी गरेका त्यागी साथीहरु माथी अन्यायको श्रृङ्खला बढ्दै गयो त्यसैले गर्दा पार्टी आज यो अवस्थामा पुग्यो।

नेपाली कांग्रेस बॉकेले नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई संबोधन गर्ने क्रममा डा कोइरालेले पार्टी भित्र मुल्यांकनको परिपाटी अन्त्य भएको बताउॅदै, १४औं महाधिवेशनपछि दुरदराजका निष्ठावान र ईमान्दार पार्टीका नेता तथा कार्यकर्ताहरुमाथी न्याय हुने समेत बताए।आफु सत्यको बाटोमा हिडेको बताउॅदै डा कोइरालाले जस्तोसुकै कठिन परिश्थिती आएपनी सत्यको बाटो नछोड्ने र बिचलित नहुने प्रष्ट पारे।

कांग्रेस केन्द्रिय सदस्य दिपक गिरीले दुई कम्युनिष्ट पार्टी एक भएर मात्रै नेपाली कांग्रेसको पराजय नभएको भन्दै कांग्रेसभित्रको अन्तर्घात पनि एक महत्वपूर्ण कारक रहेको उल्लेख गरे । उनले जब जब महाधिवेशन नजिकिँदै जान्छ, अनि क्रियाशील सदस्यताको मामिला पेचिलो बनेर आउने गरेको बताए ।

गिरीले भने, जो व्यक्ति नेपाली कांग्रेसको बफादार कार्यकर्ता हो, जसले कांग्रेसका लागि समय दिन्छ, जो पार्टीप्रति इमानदार छ भने उसलाई क्रियाशील सदस्यता दिनुपर्छ ।

अर्का केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपाली कांग्रेसमा तीन थरी प्रवृति हावी भएको बताए । उनले भने, ‘पहिलो थरी कांग्रेसीहरु विधान कुल्चिने, विवेक प्रयोग नगर्ने र पार्टी कब्जा गर्न उद्दत छन् । दोस्रो थरी कांग्रेसीहरु यस्तो गर्दैनन्, तर भाण्डबन्डा पाउँदा यस्तो पहिलो थरीका कांग्रेसीलाई सहेर बस्छन् । र तेस्रो थरी कांग्रेसीहरु न्याय, समानता र निष्ठाका लागि लड्छन् । हामी तेस्रो धारको प्रतिनिधीत्व गर्छौं।’