समाचार

सडक निर्माण मात्र विकास होइन : मन्त्री बस्नेत

जाँजकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सडक निर्माण गरेर मात्र विकास नहुने बताएका छन् । जाजरकोटको पश्चिमी क्षेत्रमा विकास निर्माणको अनुगमन गर्ने क्रममा छेडागाड नगरपालिकाले आयोजना गरेको अन्तक्र्रियामा उनले जिल्लामा खानेपानी, विद्युत्, टेलिफोनको काम एक वर्षभित्र पूरा हुनेछ भने ।

पुराना निर्माण व्यवसायीले काम नगरेका कारण ठेक्का रद्द गरेर नयाँ ठेक्का प्रक्रिया शुरु गरेर टेलिफोन टावरको काम शुरु गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए । कच्ची कटान भएको सडकमा कालोपत्रको काम सँगै बढाएर लैजानेसमेत उनको भनाइ थियो । जिल्लाका दुई ठाउँमा १५ श्ययाका नगर अस्पताल निर्माण शुरु भइसकेको उनले बताए ।