राजनीति

डा. भट्टराईको ठोकुवा : नेकपा आरालो लागेकाले अवको वैकल्पिक शक्ति समाजवादी

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशको प्रगति चाहने हरेक व्यक्ति समाजवादी पार्टीमा सहभागी हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस दुवै दलमा कतिपय राम्रा मान्छे रहेको उनले बताए । तर, उनीहरूको विचार अगाडि ल्याउन नदिइएका कारण त्यस्ता विचारलाई मुद्दाका रूपमा समाजवादी पार्टीले उठाउने भएकाले बुद्धिजीवीहरु आफ्नो पार्टीमा आउनु उपयुक्त हुने डा भट्टराईको भनाइ थियो । पार्टीको सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत आज पर्वतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा भट्टराईले नेकपा पार्टि दिन प्रतिदिन खस्किदै गएकाले अबको बैकल्पिक शक्ति समाजवादी पार्टी हुने ठोकुवा गदै युवाहरुलाई आफनो पार्टिमा प्रवेश गर्न आग्रह गरे

डा भट्टराईले प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिनँ भनेर प्रतिबद्धता गर्ने तर दिनप्रतिदिन सरकारका गलत समाचार आइरहेको बताउँदै सरकारले विश्वास गुमाउँदै गएको आरोप लगाए । सरकारले समृद्धि भइरहेको दाबी गरेर गुणगान गाइरहँदा आफ्नै पार्टीका मान्छेले नै मुखामुख गर्ने गरेको भन्दै उहाँले दुई वर्षसम्म सरकारले केही गर्न नसकेको आरोप लगाए ।