सामाजिक सञ्जाल

संग्रौंलाको प्रश्नः अपराधी गोकुल त जेल जान्छन् तर भक्त बचाउन भ्रष्टाचार लुकाउने ओलीलाई के हुन्छ ?

काठमाडौं । लेखक तथा बाम बुद्धिजिवी खगेन्द्र संग्रौलाले विजय मिश्रले गोकुलले कमिशन मागेको अडियो २ महिनाअघि नै प्रम ओलीलाई टक्रयाएको थिएँ भनेपछि उक्त भ्रष्टाचामर काण्ड प्रधानमन्त्री केपी शर्मा ओलीले लुकाउनु गलत गरेको बताएका छन् । दुई महिना अगाडी नै प्रधानमन्त्रीलाई जानकारी दिँदादिँदै पनि उक्र काण्डलाई ओली सरले यतिका दिनसम्म भ्रष्टाचारको प्रमाण लुकाएको भक्तलाई बचाउन हो ? उठ्यो त नियतमा पश्न भन्दै जिज्ञासा पोखेका छन् । अपराधी गोकुल सर त पक्राउको बाटो गरी बन्दीखानामा चलान होलान् नै, ओली सरलाई के हुन्छ ? भन्दै प्रधानमन्त्री केपी शर्मा माथी नै कारबाही हुनुपर्ने संकेत गरेका छन् ।

स्टाट्सः विजय मिश्रले गोकुलले कमिशन मागेको अडियो २ महिनाअघि नै प्रम ओलीलाई टक्रयाएको थिएँ भनेछन्। ओली सरले यतिका दिनसम्म भ्रष्टाचारको प्रमाण लुकाएको भक्तलाई बचाउन हो ? उठ्यो त नियतमा पश्न। अपराधी गोकुल सर त पक्राउको बाटो गरी बन्दीखानामा चलान होलान् नै, ओली सरलाई के हुन्छ ?