राजनीति

फागुन ७ देखी अनशन बसेकाको जायज माग पुरा गरी जीवन रक्षा गर्न काँग्रेसको अपिल

काठमाडौं । नेपाली काँग्रेसले चितवन जिल्लाको माडी नगरपालिकामा ४ दिनदेखि जारी आमरण अनसन तथा स्थानीयवासीको जायज माग बारे नेपाली कांग्रेसको ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्मँद्वार बिज्ञप्ती जारी गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः संशोधन हुनु पर्ने, बाँदरझुला साथै अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द निवारणका लागि ठोस रुपमा वन र वस्ती बीच बैज्ञानिक संरचना बनाउनु पर्ने, उत्तरी सीमामा पर्ने रीउखोला कोरीडोरको निर्माण व्यवस्थित गरिनुपर्ने, लागत तथा उत्पादनको आधारमा वालीको क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै वगही देखि बाँदरझुलासम्म बाटो स्तरोन्नती गरि चौविसै घण्टा खुला राख्नु पर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनु पर्ने, प्राकृतिक स्रोत साधनमा पूर्ण रुपमा स्थानीय तहको अधिकार हुनु पर्ने जस्ता मागहरु जायज छन् । तिनलाई पूरा गर्ने दिशामा तत्काल प्रकृया शुरु गर्न नेपाली कांग्रेस सम्बन्धित निकायहरुलाई अपिल गरेको छ ।

वडा नं. १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्यहरु— शिवबहादुर कार्की र अमिता लामाले फागुन ७ गते प्रजातन्त्र दिवसका दिनदेखि वडा कार्यालय अगाडि आमरण अनसन शुरु गरेको ४ दिन पुग्दा उहाँहरुको स्वास्थ्य स्थिति क्रमशः जटिल बन्दै गएको भन्दै उनीहरुका जायज माग पुरा गरेर उच्च स्तरको राजनीतिक संस्कार देखाउन सम्बन्धीत पक्षलाई सचेत गराएको छ ।

काँग्रेसले बिज्ञप्तीमा भनेको छ, ‘चितवन जिल्लाको माडी नगरपालिकामा ४ दिनदेखि जारी आमरण अनसन तथा स्थानीयवासीको जायज माग बारे नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सम्बन्धी ऐन २०२९ को विनियम संशोधन गर्न बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण र पाँचौं संशोधन नियमावली २०७६ ले माडी जस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानव अधिकार सहितको संरक्षणका लागि पुनः संशोधन हुनु पर्ने, बाँदरझुला साथै अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनु पर्ने, मानव वन्यजन्तु द्वन्द निवारणका लागि ठोस रुपमा वन र वस्ती बीच बैज्ञानिक संरचना बनाउनु पर्ने, उत्तरी सीमामा पर्ने रीउखोला कोरीडोरको निर्माण व्यवस्थित गरिनुपर्ने, लागत तथा उत्पादनको आधारमा वालीको क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने, कसरादेखि वनकट्टा साथै वगही देखि बाँदरझुलासम्म बाटो स्तरोन्नती गरि चौविसै घण्टा खुला राख्नु पर्ने, माडी नगरपालिकालाई कृषि पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनु पर्ने, प्राकृतिक स्रोत साधनमा पूर्ण रुपमा स्थानीय तहको अधिकार हुनु पर्ने जस्ता मागहरु जायज छन् । तिनलाई पूरा गर्ने दिशामा तत्काल प्रकृया शुरु गर्न नेपाली कांग्रेस सम्बन्धित निकायहरुलाई अपिल गर्दछ ।

तिनै माग विभिन्न ढंगले पटक–पटक उठाउँदा पनि पूरा नगरिएपछि वडा नं. १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, वडा सदस्यहरु— शिवबहादुर कार्की र अमिता लामाले फागुन ७ गते प्रजातन्त्र दिवसका दिनदेखि वडा कार्यालय अगाडि आमरण अनसन शुरु गरेको ४ दिन पुग्दा उहाँहरुको स्वास्थ्य स्थिति क्रमशः जटिल बन्न शुरु गरेको छ । माडी वासीका पिरमर्काप्रति ऐक्यवद्धता जनाउँदै वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न तथा अनसनरत व्यक्तिहरुको जीवन रक्षार्थ यथाशीघ्र पहलका लागि नेपाली कांग्रेस सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउँदछ ।’