मनोरञ्जन

गायक सुरज कलाखेतिको विलकुलै नयाँ गित ‘के जादु छ’ (भिडियो सहित)

काठमाडौं । गायक सुरज कलाखेतीको स्वरमा रहेको ‘के जादु छ’ नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शब्द संगीत गायक कलाखेतीकै रहेको यस गीतमा पवन सुस्लीङले छायांकन गरेका छन् । वर्तमान यूवापुस्ताको समय चक्रलाई प्रष्ट्याईएको यस गीतमा पछिल्लो समय निकै चर्चा बटुल्दै गरेकी मोडल अलिसा शर्मासँग द कन्ज्योसम क्रु गु्रपले गरेका छन् ।

भिडियो कोरियोग्राफी एलेक्स गोलेले गरेका छन् भने मिक्सिङ असोक महर्जनले गरेका हुन् । गीतमा एरेन्ज विश्व अधिकारीले गरेका छन् भने दृश्य सम्पादन पवन सुस्लीङले गरेका छन् । गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ गायक कलाखेतीले भने ।