पु.समाचार

नेकपा सांसद र वडा अध्यक्षको नेतृत्वमा सुकुम्बासीमाथि यसरी चलाइयो डोजर

काठमाडौं । सरकारी जग्गा अतिक्रमनगरी टहरो बनाएर बसेका ६ रोपनि २ आना जग्गाको टहरोमा शनिबार डोजर लागाएर खालि गरेका छन् ।

काठमाडौं महानगरपालिका ३१ तिनकुने जागृतिनगरको सकारी जग्गा अतिक्रमण गरी टहरो बनाएर बसेको बस्ति खालि गर्न पटक पटक सुचना जारी गर्दा पनि बेवास्ता गरेपछि प्रदेश सभा सदस्य गणेश दुलाल र वडा अध्यक्ष नारायणप्रसाद भण्डारीको नेतृत्वले आज शनिबार सरकारी जग्गा खालि गरेको हो ।

अन्तिम पटक १५ दिनको सुचना जारी गरेको र जग्गा खालि गर्न अटेर गरेपछि डोजर चलाएको वडा अध्यक्ष भण्डारीले बताए टहरामा बसेकाहरुले एक महिनाको समय नदिई टहरो भत्काएको भन्दै गुनासो गरेका छन् । प्रदेश सभा सदस्य गणेश दुलाल र वडा अध्यक्ष नारायणप्रसाद भण्डारी दुवै गत प्रदेश सभा र स्थानिय तहको चुनावमा नेकपा बाट विजयी भएका थिए