पु.समाचार

आजपनि वर्षा र हिमपातको सम्भावना, भोलीदेखी दुईदिन झनै बढ्नेः मौसमवीद

काठमाडौं । हिजोदेखी मुलुकैभरी मध्यम खालको वर्षा भएको छ । जसका कारण अत्यन्तै चीसो महशुस गरिएको छ । यस्तै अझै केहीदिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

आज शनिबार पनि देशका केही स्थानमा वर्षा तथा हिँमपातको सम्भावना मौसमविद्ले बताएका छन् । आज पूर्व मध्य र पश्चिमका केही ठाउँमा पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिएका छन् ।

उनका अनुसार हिजो देशका विभिन्न ठाउँमा हिउँ र पानी पारेको पश्चिमी वायु पूर्व पुगेकाले आज मध्य र पश्चिमको तुलनामा पूर्वका धेरै ठाउँमा पानी पर्ने संभावना छ ।

यो प्रणाली बेलुकीदेखि कमजोर हुने भएकाले राति पहाडी क्षेत्रको मौसम आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा नै हुने उनले बताए । तर भोलि आइतबार फेरि अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले देशभर नै बादल लागेर केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।

यसैगरी पूर्वमा न्यूनचापीय प्रणाली बन्ने र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउने देखिएकाले पर्सि सोमबारदेखि पानी पर्ने क्रम बढ्ने मौसमविद् नगरकोटीको अनुमान छ ।