मनोरञ्जन

प्रचण्ड राजनीतिक उचाईमा, नातिनी गीत संगीतमा व्यस्त

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी गायीका स्मिता दाहाल र गाएक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत सार्वजनीक भएको छ । कमेरोले पोतेको दुई तलाको घर नामक गीतमा कार्टुन क्रुको जोडी देखीको छ ।

गज्जको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक भएको हो । साथै गीत प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका हुन् । उक्त गितमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युटुबर जिवेश गुरुङले अभिनय गरेका छन् ।

यस्तै थपलियाले असअघिपनि माछिलेखाने लेउ जस्तो चर्चित गित लेखिसकेका थिए जस्मा कार्टुन क्रु कै अभिनय देखिएको थियो । ‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दिपक शर्माको संगीत छ ।

एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन्।

गितको भिडियो