पु.समाचार

ललिता निवास प्रकरणका मृतक प्रतिवादीसहित १३ जनालाई अदालतमा उपस्थित हुन १५ दिने म्याद!

काठमाडौं । विशेष अदालतले ललिता निवास प्रकरणमा प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन १५ दिने म्याद जारी गरेको छ । गत २२ माघमा विजयकुमार गच्छदारसहित १७५ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेपछि अदालतले १५ दिने म्याद जारी गर्न शुरु गरेको हो ।

अदालतले पूर्वनिर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी, खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा १५ दिने म्याद जारी गरिसकेको छ ।

ललिता निवास प्रकरणमा मुछिएका एक प्रतिवादीको मृत्यु भइसकेको छ । मालपोत कार्यालय डिल्लीबजारका तात्कालिन नासु युक्तप्रसाद श्रेष्ठले गत साउनमा हिमालयन सिटी सेन्टरको सातौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए । श्रेष्ठमाथि अदुअआले २ करोड २९ लाख ५७ हजार ४०० विगो माग गरेको छ । उनलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ र ६, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८, ५ र १७ अनुसार कारवाहीको माग समेत गरिएको छ ।