राजनीति

पुर्वमन्त्री बास्कोटामाथी अख्तियारको निगरानी, प्रधानमन्त्री ओली मुछिएलान् त ?

काठमाडौं । ७० करोडको भ्रष्टाचार मुद्धामा बिबादमा तानिएपछि राजनीनामा दिएका सुचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको मन्त्रालयका फायल अख्तियारले कब्जामा लिएको बताईएको छ । अख्तियार दुरुपयोग अनुसंधान आयोगले मन्त्री बास्कोटालाई बयान लिने तयारी गरिरहेको समेत स्रोतको दाबी छ ।

प्रिन्टिङ प्रेश छपाईमा ७० करोड घुष मागिरहेको अडियो मिडियामा सार्बजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, बुद्धीजीवी बर्ग, पत्रकार, वकील, ईज्जीनियर मात्र नभएर नेकपाभित्रै बास्कोटाको बिरोध हुन थालेपछि अध्यक्ष दहालको दबाबमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीनामा दिन दिएको दबाबपछि राजीनामा दिएपछि बिहीबार राजीनामा दिएका थिए ।

सञ्जारमन्त्रीको जिम्मेवारी अर्थमन्त्ती डा युवराज खतिवडालाई दिइएको छ तथापी प्रधानमन्त्री केपी शर्मा ओलीमाथीपनि सञ्चारमन्त्रीको नजिकको भएकोले प्रश्न उठाईन थालेको छ । अख्यिारले मन्त्री बाँस्कोटासँग बयान कसरी लिन्छ र उनले कस्तो बयान दिन्छन् त्यसअनुसार नै प्रधानमन्त्री केपी ओल्ी फस्ने नफस्ने थाहा होला । तर अख्तियारले फायल हेरेन भन्नेहरुका लागि भने आयोगको चासोपछि मुख बन्द गरिदिएको छ ।