विचार/ब्लग

महिला अधिकारको दुरुपयोग गर्दै महरालाई फसाउने रोशनी शाहीलाई किन कारबाही नगर्ने ?

काठमाडौं । महिला परम्परागत रुपमा शताब्दीयौंदेखी परिवारको दवाबमा बस्ने, घर गृहस्थी, चुलो चौका सम्हाल्ने कार्य गर्दै आएका छन् । महिलाले घर, श्रीमान, बालबच्चा, परिवार सम्हाने, श्रीमानको आदर गर्ने भन्ने संस्कार परम्परादेखी नै चल्दै आएको सबैलाई जगजाहेर नै छ । महिला भएपछि आफ्नो मर्यादामा वस्नु पर्दछ, घरमा वा श्रिमानसंग अनावस्यक बोल्नु हुँदैन, श्रिमानको मुख लाग्नु हुँदैन, यहि सिकाईन्छ बाल्यकालदेखी नै बा आमाबाट ।

अझै धेरै जसो कार्यालयमा त पुरुषका हाकिमहरु महिला भएका छन्, चाहे सरकारी होस् या निजी ।  यस्तै पढाईदेखी लिएर राजनीतिक, शैक्षिक, बैंकिङ, कलाकारीता, पत्रकारीता, हरेक क्षेत्रमा पुरुषभन्दा धेरै महिलालाई नै दक्ष, अनुशासीत, क्षमतावान र विशिष्ट मान्दै उच्च सम्मानसाथ दिने गरिएको छ । नेपालकै महिलाको उदारहणहरु हेर्दापनि विश्वको सर्वाेच्च शिखर शगरमाथा चढ्ने पहिलो व्यक्ति पासाङ लाम्हु शेर्पा महिला नै थिईन् भने मुलुकको वर्तमान राष्ट्रपती पनि एक महिला नै छिन् । यसरी पनि भन्न सकिन्छ कि आजका महिला हरेक कुरामा पुरुष सरह वा पुरुष भन्दापनि दक्ष, सक्षम भएका छन् ।

समाजमा पुरुषले महिलाको ईज्जत गर्नुपर्दछ, श्रिमानले श्रिमतीको ईज्जत गर्नुपर्दछ, सम्मान दिनुपर्छ, भन्नेकुरा सिकाएको देखिँदैन । यसो भन्दैमा कुनैपनि केटीमान्छेले केटा मान्छेको वा केटा मान्छेले केटी मान्छेको ईज्जतै नर्गने भन्ने चाँहि होईन । घरपरिवारमा वसेपछि हरेक व्यक्तिले अर्काे व्यक्तिको ईज्जत गर्न जान्नु पर्दछ चाहे श्रिमान होस् या श्रिमती भन्ने कुरा सिकाउनुपर्नेमा महिला वा केटीले मात्र अर्काको ईज्जत गर्न सिकाउनु चैं गलत नै मान्नुपर्दछ । हाम्रो समाजमा छोरीमान्छे जानेको कुरा केही बोल्यो भने अनेक लान्छना लगाउँदै ‘पोथी बासेको राम्रो हुँदैन’ जस्तो शब्द प्रयोग गर्ने प्रचलन छ । प्रचलनलाई लत्याउँदै पहिलेको तुलनामा हर अन्याय अत्याचार सहेर कोही महिला बसेका चाँहि छैनन्, आफुमाथी हुने हर अन्यायको जवाफ तत्काल दिनसक्ने भएका छन् आजका महिला । कुनै समय थियो जव हरेक कुरामा छोरी भन्दा धेरै महत्व छोरालाई दिइन्थ्यो । शिक्षाको कुरामा पनि छोरीलाई भन्दा छोरालाई पढाउनु पर्छ छोराले भविश्यमा पाल्छ तर छोरीमान्छे पराईघर जाने जात हो धेरै पढाउनु हुँदैन भन्ने मान्यता आज बिस्तारै हट्दै गएको छ ।

सभामुख कृष्णबहादुर महराले आफुलाई बलात्कार गरेको भनी रुँदै सञ्चरमाध्यममा आएकी एक महिला (रोशनी शाही)ले अन्त्यमा आफु बातात्कृत नभएको बयान दिईन् ।  आफ्नो कुरा बदल्नुको कारण के थियो ? यदि बलात्कार भएको भए कडा–भन्दा कडा कारबाही हुनुपर्ने थियो त्यसो पनि हुन सकेन । रोशनीलाई किन अनुसंधानको दायरामा नलयाउने ? उनलाई किन कारबाही नगर्ने भन्ने प्रश्न पनि उठेको थियो र अहिलेपनि सान्दर्भीक छ । त्यसैले कुनैपनि महिलाले कानुनको साहरामा कसैको भविस्य नै तहस नहस गर्ने कार्यलाई म उचित ठान्दिन ।

यस्तै कुनैबेला आफुले अन्याय सहेर एउटा कुनामा बसेर रुने महिला आज अन्य छोरीहरुको अधिकारको लागि आवाज उठाउने भईसकेका छन् । समाजमा विद्यमान अवस्थामा रहेका हरेक कुरीतिहरुलाई चुनौति दिँदै पुरुषले गर्ने भन्दा ठूला ठूला काममा पनि सरिक भईरहेका छन् आजभोलीका महिला । कुनै समय पुरुष र महिलाकालागि हरेक कामहरु छुट्याईएको थियो भने आज संग–संगै एउटा सहकर्मी मित्रका रुपमा एउटै कार्यालयमा उस्तै काम गर्ने अवस्थामा पुगिसकेका छन् । अझै धेरै जसो कार्यालयमा त पुरुषका हाकिमहरु महिला भएका छन्, चाहे सरकारी होस् या निजी ।  यस्तै पढाईदेखी लिएर राजनीतिक, शैक्षिक, बैंकिङ, कलाकारीता, पत्रकारीता, हरेक क्षेत्रमा पुरुषभन्दा धेरै महिलालाई नै दक्ष, अनुशासीत, क्षमतावान र विशिष्ट मान्दै उच्च सम्मानसाथ दिने गरिएको छ । नेपालकै महिलाको उदारहणहरु हेर्दापनि विश्वको सर्वाेच्च शिखर शगरमाथा चढ्ने पहिलो व्यक्ति पासाङ लाम्हु शेर्पा महिला नै थिईन् भने मुलुकको वर्तमान राष्ट्रपती पनि एक महिला नै छिन् । यसरी पनि भन्न सकिन्छ कि आजका महिला हरेक कुरामा पुरुष सरह वा पुरुष भन्दापनि दक्ष, सक्षम भएका छन् । त्यतिमात्रै होईन कि धर्म संस्कृतिलाई टक्कर दिँदै महिलाहरु आजभोली आमा बुवाको काज किरियामा समेत पुरुष सरह सामेल भईसकेका छन् ।

यस्तै आज नेपालको संबिधान र कानुनले महिलालाई धेरै नै अधिकारपनि प्रदान पनि गरिसकेको छ । महिलामाथी हुने धार्मिक, सांस्कृतिक, यौनिक कुनैपनि प्रकारका हिँसामा कडा भन्दा कडा सजायको व्यवस्था गरिएको छ । महिलामाथी यौन दुब्र्यबहारको आरोपमा सभामुख कृष्णबहादुर महराको जागीर नै गएकोलाई सबैभन्दा ठूलो नजिरको रुपमा लिन सकिन्छ । उनले सफाई पाएपनि प्रश्न उठ्दामात्रै महराले सभामुख पदबाट राजीनामा दिन बाध्य हुनुपर्यो त्यतिमात्र होईन उनी ४ महिनाभन्दा बढि जेल बस्न बाध्य भए । विडम्वनाको कुरा आफुले पाएको अधिकारको कतिपय महिलाले गलत प्रयोग गरेको पनि तमाम घटनाहरु छन् । यस्तो अधिकारको प्रयोग पनि समाजमा पढेलेखेका, जान्ने सुन्नेहरुले मात्रै प्रयोग गरेका छन् त्यो पनि गलत तरिकाले । आफु अन्यायमा पर्दा कानुनको सहारा लिनुपर्ने महिला आज त्यही कानुनको आडमा कुनै निर्दाेस पुरुषलाई अन्यायमा पार्न पछि नहटेको घटनाहरुपनि तमाम छन् । आज समाजमा कयौं महिला आफुले पाएको स्वतन्त्रतालाई गलत उपयोग गरिरहेका छन् । व्यक्तीगत फाईदाका लागि एउटा निरिह ब्यक्तीको भबिश्य नै बिगार्ने खाल्का कृयाकलाप गर्नुको पनि बिरोध गर्नुको विकल्प छैन ।

श्रीमान विदेशमा हुने पुरुषका श्रिमती सबै गलत छन् भन्नु चाँहि गलत हो तर कतिपय महिला गलत बाटो हिँड्नाले आफुलगायत परिवार बालबच्चा श्रिमानको भविष्य अन्धकारमा धकेलेका घटना हाम्रो समाजमा प्रशस्त छन् । विदेशमा बसेर दुःख गरेर कमाएर श्रिमानले पठाएको पैसा पर-पुरुषलाई खुवाउने वा अन्य शीर्षकमा खर्च गर्ने प्रवृतिले अन्त्यमा घर नैछाडेर परिवार, छोराछोरीको विचल्ली पार्ने महिलाको पनि हाम्रो समाजमा कुनै कमि छैन ।

महिलालाई स्वतन्त्रता यसकारण दिईएको हो कि उनीहरु समाजमा अन्यायमा नपरुन्, आफ्नो क्षमतालाई खुलेर निडरका साथ प्रर्दशन गर्न सकुन, सक्षम, दक्ष भएर समाजमा बाँच्न सकुन् । तर यस्तो घटनाहरुपनि समाजमा घटेको देखिएका छन् कि आँफुले पाएको अधिकार सम्पन्न रुपमा पुरुषसरह बाच्न पाउने अधिकारलाई सदुपयोग गर्न नजान्दा वा बढि बाठो भएर अधिकारको दुरुपयोग गर्न खोज्दा कतिपय महिलाहरु आँफैलाई वर्वादीको बाटोमा डोर्याउन बाध्य भएका छन् । यस्तै आजका दिनमा श्रिमान विदेशमा रहेर मजदुरी गर्नेका कतिपय श्रीमतीहरु गलतबाटोमा हिँडेको देख्न सकिन्छ । श्रीमान विदेशमा हुने पुरुषका श्रिमती सबै गलत छन् भन्नु चाँहि गलत हो तर कतिपय महिला गलत बाटो हिँड्नाले आफुलगायत परिवार बालबच्चा श्रिमानको भविष्य अन्धकारमा धकेलेका घटना हाम्रो समाजमा प्रशस्त छन् । विदेशमा बसेर दुःख गरेर कमाएर श्रिमानले पठाएको पैसा पर-पुरुषलाई खुवाउने वा अन्य शीर्षकमा खर्च गर्ने प्रवृतिले अन्त्यमा घर नैछाडेर परिवार, छोराछोरीको विचल्ली पार्ने महिलाको पनि हाम्रो समाजमा कुनै कमि छैन ।

तर महिला सबैले बुझ्न जरुरी छ, यो अधिकार त्यसै आएको होईन । कयौं महिलाको त्याग र बलिदानले आएको हो । यस्मा कसैको देन छ समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने अधिकारबादी महिलाहरुको दुःख र मेहनत् गरेर पाएको अधिकार हो । समयको देन पनि हो । पुरुषको चैं यसमा योगदान नै छैन भन्न मिल्दैन तर बढि भने अधिकारबादी महिलाहरुलाई नै दिनु उपर्युक्त होला । कुनैबेला घरको दईलोबाट आँगनसम्म आउन नसक्ने महिला आज देश, विदेशमा सम्मानजनक रुपमा बाँच्न पाउनु महिलाहरुको लागिमात्र नभएर समाजको नै सफलता मान्नुपर्दछ । संबिधानमा समेत अधिकार पाएको छ भन्दैमा अधिकारको गलत प्रयोग कसैलेपनि नगर्नु राम्रो हुन्छ, हिजो पुरुष प्रधान हुँदा पुरुषले अधिकारको दुरुपयोग गर्यो भन्दैमा अहिले समान अधिकार हुँदा महिलाले अधिकारको दुरुपयोग गर्नु हुन्न, यसो भन्दैमा मैले अहिले यो नारी प्रधान नेपाली समाज नै भएको भन्न खोजेको चैं होईन है ।

प्रसंग पुनः जोड्ने हो भने केहि समय अघि मात्रै सभामुख कृष्णबहादुर महराले आफुलाई बलात्कार गरेको भनी रुँदै सञ्चरमाध्यममा आएकी एक महिला (रोशनी शाही)ले अन्त्यमा आफु बातात्कृत नभएको बयान दिईन् ।  आफ्नो कुरा बदल्नुको कारण के थियो ? यदि बलात्कार भएको भए कडा–भन्दा कडा कारबाही हुनुपर्ने थियो त्यसो पनि हुन सकेन । रोशनीलाई किन अनुसंधानको दायरामा नलयाउने ? उनलाई किन कारबाही नगर्ने भन्ने प्रश्न पनि उठेको थियो र अहिलेपनि सान्दर्भीक छ । त्यसैले कुनैपनि महिलाले कानुनको साहरामा कसैको भविस्य नै तहस नहस गर्ने कार्यलाई म उचित ठान्दिन । समाजमा यस्तो महिलाहरुपनि धेरै छन् जसले कानुनको आडमा आफुले पाएको अधिकारको गलत प्रयोग गरिरहेका छन् । त्यसबेलामा पुरुषलाई फसाउन खोज्ने महिलालाई चैं कारबाही गर्ने कानून बनाउनु पर्दैन र ? महिला वा पुरुष जो होस्, समाजमा पीडितलाई न्याय र पीडकलाई सजायको ब्यवस्था गर्नु समाजको भलो चिताउनेले आफ्नो कर्तब्य सोच्न जरुरी छ ।

कयौं छोरी चेलीले आजपनि दाईजो, छाउपडी, नछुने हुने गलत परम्पराका कारण अधिकारका लागि खुलेर बोल्न नसकेका महिलाहरुपनि धेरै छन् । अशिक्षीत महिला मात्रै होईन शिक्षीत महिलाले पनि समाजका यस्ता कुरीतिका शिकार भईरहेका छन् । बाउ बाजेको पालादेखीको संस्कार चटक्कै छोड्न अल्लि असम्भव भएपनि पहिले भन्दा धेरै परिवर्तन आईसकेको सत्य हो । पुरुषमा पनि महिलामाथिको सोच्ने दृष्टीकोणमा धेरै पविर्तन आई सकेको छ ।

यति भन्दैमा सबै महिलाले त्यो अधिकार पाई यती धेरै स्वतन्त्र भएका छन् भन्ने ठान्नु चाँहि गलत हो । २१ औं शताब्दीसम्म आईपुग्दापनि बिशेषगरी शहरी क्षेत्रबाहेकका कयौं महिला पीडित छन् । कयौं छोरी चेलीले आजपनि दाईजो, छाउपडी, नछुने हुने गलत परम्पराका कारण अधिकारका लागि खुलेर बोल्न नसकेका महिलाहरुपनि धेरै छन् । अशिक्षीत महिला मात्रै होईन शिक्षीत महिलाले पनि समाजका यस्ता कुरीतिका शिकार भईरहेका छन् । बाउ बाजेको पालादेखीको संस्कार चटक्कै छोड्न अल्लि असम्भव भएपनि पहिले भन्दा धेरै परिवर्तन आईसकेको सत्य हो । पुरुषमा पनि महिलामाथिको सोच्ने दृष्टीकोणमा धेरै पविर्तन आई सकेको छ । छोरी मान्छेलाई पनि पढाउनु पर्छ हरेक कुरामा सरिक गराउनु पर्छ लोग्ने र श्रीमती भनेका एक रथका दुई पाँग्रा हुन् दुबै सक्षम हुन जरुरी छ भन्ने सोचको पहिलेको तुलनामा आजका पुरुषमा आईसकेको छ । पहिलो श्रीमानलाई खाना पकाउँदा नसघाउने श्रीमानहरु ऋाजकाल श्रीमतीसंग तरकारी काट्न सघाउन थालेका छन्, त्यो शिक्षाको प्रभाव अनुकरणीय मान्नुपर्दछ ।

कतिपय त ठुलै ओहोदामा बस्नेहरु पनि जो नारीको अधिकार, रक्षाका लागि भाषण गर्दै हिँड्ने गर्दछन्, उनीहरु नै आफ्नो घरकी श्रीमती, छोरी, बुहारीमाथि नै बिभेद गरिरहेका घटनापनि धेरै छन् तर त्यस्ता घटना जो बाहिर आउन पाउँदैनन् । कुनै पनि अभियान वा कुनै पनि कार्य गर्छु भनेर लाग्नु पुर्व आफ्नो घरदेखी सुरुवात गर्नु नै उत्तम हुन्छ जब आफनो घरमा महिलालाई ईज्जत दिन नसक्ने परुषले बाहिर अन्य छेरीहरुका हक र अधिकारका लागि कसरी संघर्ष गर्छ भन्ने प्रश्नको जवाफ त्यस्ताले दिनुपर्छ । नारी पुरुष दुबै नमिलि समाज निर्माण हुन नसक्ने कटु सत्य हो त्यसका लागि नारीले पाएको संबैधानिक, सामाजीक, कानूनी अधिकारको दुरुपयोग गर्दै पुरुषलाई फसाउने कार्य नगरौं र पुरुषले पाएको परम्परागत अधिकारलाई संस्कारका रुपमा मान्यता दिएर महिलामाथी अन्याय गर्ने प्रचलनलाई यथावत रुपमा नराखी जरैदेखी उखेलेर फालौं । समाजलाई समुन्नत, समृद्ध र शान्त बनाउन सबै लागौं ।